इलाम–२ उपनिर्वाचनः कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले घटाए मतान्तर

१६ बैशाख २०८१, आईतवार १७:५१

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मत गनिसक्दा नेपाली कांग्रेसका डम्बर खड्काको अग्रता यथावत छ ।

पछिल्लो परिणामअनुसार कांग्रेसका डम्बर खड्का र एमालेका सुहाङ नेम्बाङबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिले यी दुईको मतान्तर ४२ मा झरेको छ । यसअघि २ वटा वडाको मत गनिसक्दा खड्काले ८३ मतको अग्रता बनाएका थिए ।

फाकफोकथुम १, २, ३ वडा जम्मा ४१८१ मत गन्दा कांग्रेसका खड्का ४२ मतले अगाडि छन् ।  उनले १६ सय ४३ मत ल्याउँदा एमालेका सुहाङले १६०१ मत ल्याएका छन् ।

तेस्रो स्थानमा मुढा लिएर उठेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् । साथै, रास्वपा उम्मेदवार मिलन लिम्बु भने चौथों स्थानमा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*