शंखमूलको आगलागीबाट ८ वटा पसलसहित ३ घरमा क्षति

१६ बैशाख २०८१, आईतवार १८:३५

काठमाडौं । शंखमुलको दोभानपुलस्थित वर्कशप तथा विभिन्न पसलहरुमा लागेको आगोले ८ वटा पसल र ३ पक्की घरमा क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीबाट ८ पसल र ३ घर गरी ११ वटामा क्षति पुगेको छ । विशाल केसीले सञ्चालन गरेको अटोमोबाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी सुरु भएको प्रहरीको भनाइ छ ।

आगलागीबाट जगनाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी तथा फलफूल किराना पसल, आशगोपाल श्रेष्ठको मासु पसल, चन्द्र महर्जनको पक्की घरको भित्ता, केदार श्रेष्ठको पक्की घरको भित्ता र मेघराज घलेको फास्टफुड रेष्टुरेन्टमा क्षति पुगेको छ ।

त्यसैगरी मेघराज घलेको मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवले सञ्चालन गरेको जय बजरंगबली पान पसल, चन्द्रकुमार कुशवाहले सञ्चालन गरेको माछा पसलमा क्षति पुगेको छ ।

आइतबार दिउँसो पौने १ बजे सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*