कान्तिपुर र अन्नपूर्णका मालिक मुछिएको अडियो बाहिर ल्याउने सीधाकुराविरुद्ध अवहेलना मुद्दा

१६ बैशाख २०८१, आईतवार १८:४३

काठमाडौं । सीधाकुरा डटकम तथा युट्युब च्यानलसहित प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चका सहायक प्रवक्ता तथा उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतमा अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

सर्वोच्चमा दायर प्रतिवेदनमा अदालतको अवहेलनामा हदैसम्मको सजायको माग गरिएको छ भने युट्यब लगायत सामाजिक सञ्चालबाट समाचार सामग्री तत्काल हटाउनुपर्ने र समाचार सामग्री तयार पार्ने तथा प्रसारण गर्ने व्यक्तिलाई अदालतमा झिकाई बयान गराएर आवश्यक कानूनी कारबाहीको माग गरिएको छ । सर्वोच्चले यसलाई न्यायपालिकामाथिको आक्रमण समेत भनेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*