शाख समूह र चीनको बोर होटलबीच सम्झौता

१७ बैशाख २०८१, सोमबार ११:१७

लगानी सम्मेलनको दोस्रो दिन आज शाख समूहले चीनको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता (एमओयू) सम्झौता भएको छ । नेपालको शाख समूहले हङकङको होटल समूहसँग नेपालमा लगानी ल्याउनका लागि सम्झौता (एमओयू) भएको हो ।

शाख समूहका किरण शाखले चीनको बोर होटलसँग १०० मिलियन चिनियाँ युवान लगानीको सम्झौता सम्पन्न भएको हो । एमओयू सम्झौतामा शाख समूहका अध्यक्ष किरण शाखले र बोर होटलकातर्फबाट लि पिंगले हस्ताक्षर गरे । सम्झौताअनुसार कपिलवस्तुमा २०० भन्दा धेरै कोठा भएको बोर होटल निर्माण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*