१७औं नेपाल–चिन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु

१७ बैशाख २०८१, सोमबार ११:५९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक व्यापार मेला सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले एक भव्य समारोहकाबीच आर्थिक व्यापार मेलाको उद्घान गरेका हुन् ।

नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिव्वतको वाणिज्य विभागवीच सन् १९९० मा सम्पन्न दुई देशका सरकारहरुकोबीच भएको सम्झौता अनुसार नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यसपटक नेपालमा मेला आयोजना गरिएको हो ।

नेपाल चीन (तिब्बत) बीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्वन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ । यस ब्यापार मेलामा चीनको स्वशासित क्षेत्र (तिब्बत)का सरकारी प्रतिनिधिको रुपमा चीनको स्वशासित क्षेत्र तिव्वत सरकारका उपाध्यक्ष महामहीम लाङ फुकुनको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिब १२० जना ब्यापारी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

मेलामा चीनको स्वशासित क्षेत्र (तिब्बत)को तर्फबाट ५० र नेपालको तर्फबाट १५ वटा स्टलहरु रहेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतका स्टलहरुमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरु, घरायशी प्रयोगका साधनहरु, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामानहरु, परम्परागत धुप, द्विपाँग्रे, तीन पाँगे्र र चार पाँग्रे विद्युतीय सवारी साधान, सौन्दर्य प्रशाधनका अतिरिक्त बिभिन्न व्यापारिक कम्पनीहरुले समेत् भाग लिएका छन् ।

यसैगरी नेपालको तर्फबाट १५ ओटा स्टल रहेका छन् । नेपाली स्टलहरुमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकला÷काष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनहरु प्रदर्शित गरेका छन् । बिहान १० देखि बेलुका ६  बजेसम्म खुल्ला रहने छ । मेलामा प्रबेश निः शुल्क गरिएको छ । उक्त मेला आगामी वैशाख १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*