हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं : उद्योगमन्त्री भण्डारी

१७ बैशाख २०८१, सोमबार १२:२६

काठमाडौं । उद्योण वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाल सधै एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल सधै एक चिन नीतिप्रति प्रतिवद्ध रहेको बताएका हुन् ।

नेपाल र चिनको व्यापार व्यवसाय प्रवर्धनलाई व्यवस्थित र समृद्ध बनाउन सरकार सधै अग्रसर रहेको उनको भनाई थियो । ‘चाइना सरकारको बीआरआई प्रोजेक्टबाट पनि हामी लाभ लिन चाहान्छौं । बीआरआई प्राजेक्टलाई व्यवस्थित तरिकाले कार्यन्वयन गर्न पनि सरकार अग्रसर रहेको छ।’ मन्त्री भण्डारीले भने ।

साथै मन्त्री भण्डारीले नेपाल–चिन व्यापार तथा आर्थिक मेलाले व्यापार प्रवद्धनमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । ‘नेपाल र चिन सरकारको व्यापार सम्झौता अनुसार तिब्बती नाकाहरुलाई पनि व्यवस्थित बनाउने सरकारको योजना रहेको छ।’ उनले भने ।

उनले दुई देशबीचको व्यापार सम्बन्ध अझ मजबुत बनाउन आफूले भूमिका खेल्ने बताए । नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्न आवश्यक सहयोग गरिदिन पनि चिन सरकारलाई आग्रह गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*