सुहाङको अग्रता कायमै, डम्बरलाई पछ्याउँदै डकेन्द्र, कुनको कति मत ?

१७ बैशाख २०८१, सोमबार १३:३७

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायमै राखेका छन् । नेम्वाङ १२ हजार ४०५ मतसहित अग्र स्थानमा रहेका हुन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले सात हजार ८८२ मतसहित पछ्याइरहेका छन् । तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु सात हजार ७६९ मत रहेको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु एक हजार ६३६ मतसहित चौथो नम्बर रहेका छन् । एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईको २८६ र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बुले २४९ मत पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*