एमएबीसी इन्भेस्टमेन्ट ग्रुप र नेक्सजेन म्यानेजमेन्टबीच ६ अर्ब लगानी ल्याउने सम्झौता

१७ बैशाख २०८१, सोमबार १४:०९

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुप प्रालिबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको हो ।

सम्झौतामा इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी) ले दस्तखत गरे ।

कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसंग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।

सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*