विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने, चीनसँग सम्झौता

१७ बैशाख २०८१, सोमबार १४:५५

काठमाडौँ । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने समझदारी भएको हो ।

तेस्रो लगानी सम्मेलनमा चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलो चरणमा तीन अर्ब लगानी गर्नेछन् ।

कोशी एन के मोटर्स प्रालिका अध्यक्ष टीकाराम पुरीका अनुसार उक्त समझदारी पश्चात एक वर्षभित्र चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य राखेको बताए । कोशी मोटर्सले चिनिया कम्पनीसँगको सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएको छ ।

स्यामन गोल्डेन चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी र पार्ट्स उत्पादन गर्ने चिनियाँ कम्पनी हो । यो कम्पनीले अन्य विद्युतीय सवारी उत्पादकलाई पनि गाडीका पार्टसहरु बिक्री गर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*