घुस लिएको आरोपमा महाराजगञ्ज नगरपालिका वडाध्यक्ष उजेर अली विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

१७ बैशाख २०८१, सोमबार १५:३६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीलाई घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस÷रिसवत माग गरिरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।

अनुसन्धानको सिलसिलामा वडा अध्यक्ष उजेर अलीले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा बिगो रु.१५,०००।– (पन्ध्र हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आज आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*