भोजपुरमा बोलेरो दुर्घटना हुदाँ दुई जनाको मृत्यु

१७ बैशाख २०८१, सोमबार १६:३५

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन् ।

आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

प्रहरी कार्यालयका अनुसार आमचोक गाउँपालिका–१० निवासी २७ वर्षीया रुना राईले घटनास्थलमा र शान्ति राईले उपचारका क्रममा अस्पतालमा ज्यान गुमाएकी हुन् ।

बलेरोमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*