गोरखाली समाज बेलायतको अध्यक्षमा हेमकुमार गुरुङ निर्वाचित

१८ बैशाख २०८१, मंगलवार ०८:४४

काठमाडौं। गोरखाली समाज बेलायतको अध्यक्षमा हेमकुमार गुरुङ निर्वाचित भएका छन् । आइतबार (अप्रिल २८ तारिख) साउद ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा भएको वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समाजमा लामो समयदेखि क्रियाशिल गुरुङ पछिल्लो तीन कार्यकालमा लगातार उपाध्यक्षको पदमा रहेर काम गरेका थिए । त्यसअघि उनले समाजको युवा संयोजकको समेत जिम्मेवारी सम्हालेका थिए।

कार्यसमितिमा महिला उपाध्यक्ष टकमाया गुरुङ, उपाध्यक्ष ज्ञानेन्द्र आले, महासचिव गौतम गुरुङ, सचिव राजेन्द्र गुरुङ, कोषाध्यक्ष जीवन अधिकारी, सह–कोषाध्यक्ष दुर्गा गुरुङ, सदस्यहरुमा धुव्र गुरुङ, देव गुरुङ, मन गुरुङ, इन्द्र गुरुङ, ज्ञान राना, दिनेश श्रेष्ठलगायत छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*