मंगलबार एक तोला सुन किन्न एक लाख ३७ हजार २०० रुपैयाँ चाहिने

१८ बैशाख २०८१, मंगलवार १०:४२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ४०० रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*