यो वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

१८ बैशाख २०८१, मंगलवार १६:४२

काठमाडौँ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०।८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो ।

सरकारले चालु आव देशको अर्थतन्त्र करिब ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो । चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार गत वर्षको भन्दा बढी दरले बढ्ने अनुमान गरेको हो । गत वर्षको आर्थिक वृद्धिदर १. ८६ प्रतिशत थियो ।

कुल मूल्यवृद्धि भने कृषि क्षेत्रको ४ प्रतिशत, उद्योग क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत हुने अनुमान गरिएको छ। कुल ग्राहस्थ उत्पादन भने ५७ खर्ब ४ अर्ब ८० करोड रुपेयाँको हुने कार्यालयको अनुमान छ ।

नेपालीको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुगेको केन्द्रीय तथ्यांक कार्यालय प्रमुख अर्जुन प्रसाद पोखरेल बताए । यस्तो आय गत वर्ष १४०५ अमेरिकी डलर थियो भने त्यसअघि १४१९ डलर थियो।चालू वर्ष उद्योग, निर्माण क्षेत्र ऋणात्मक छ भने आवास तथा भोजन सेवा सबैभन्दा बढी चलायमान देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*