बीमा तथा वित्तीय क्षेत्रको वृद्धिदर प्रक्षेपण ७.८० प्रतिशत

१८ बैशाख २०८१, मंगलवार १७:४७

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ मा बीमा तथा वित्तीय क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालको आर्थिक वृद्धिसम्बन्धि वार्षिक राष्ट्रिय लेखा अनुमानले उक्त प्रारम्भिक अनुमान गरेको हो ।

बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तिय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको बृद्धिसँगै बीमा तथा वित्तीय क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो ।

गत आर्थिक वर्ष २०७९।८० मा बीमा तथा वित्तीय क्षेत्रको वृद्धिदर ७.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७८।७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा बीमा तथा वित्तीय क्षेत्रको वृद्धिदर ६.९१ प्रतिशत कायम गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख अजुन प्रसाद पोखरेलले चालू आर्थिक वर्षको अन्तिम त्रैमासमा अझै बढी कारोबार हुने भएकाले थोरै प्रारम्भिक अनुमानमा केही फरक पनि पर्न सक्ने बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*