नेपालीको प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान

१८ बैशाख २०८१, मंगलवार १८:३१

काठमाडौं । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।

कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले यो तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गर्ने बताए । यस वर्षको ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको उनले जानकारी दिए ।

पर्यटन आवागनमा देखिएको सकारात्मक प्रभाव लगायका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*