डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

१८ बैशाख २०८१, मंगलवार २१:२८

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले आज अर्थात् बैशाख १८ गते राती १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटेको हो ।

निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको हो। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ०.०२ रूपैयाँ र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा एक रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ बढाएर पठाएको छ।

निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउ यथावत राखेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*