आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

१९ बैशाख २०८१, बुधबार ०७:५६

काठमाडौं । यस बर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस आज (मे १ तारिख) बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आराम’ को नारासहित सुरु भएको मजदूर आन्दोलनले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन तथा श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । तत् पश्चात् सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो ।

विश्वभरका मजदूरहरूले यो दिवसलाई पर्वका रुपमा लिँदै आफ्नो हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदाताहरूलाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरिन मनाउने गर्दछन् ।

नेपालमा पनि विराटनगरमा २००७ सालको आन्दोलनपछि मजदूर संगठनहरूले यो दिवस मनाउने गरेका छन् । वि.सं २०४६ सालदेखि नेपालमा यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । जसकारण आज देशका सबै सरकारी कार्यालय, शेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*