मनोरञ्जन कर तिर्न क्लब र दोहोरी साँझलाई काठमाडौँ महानगरको ३५ दिने अल्टिमेटम

१९ बैशाख २०८१, बुधबार ११:४०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनोरञ्जन कर नतिर्ने क्लब र दोहोरी साँझका सञ्चालक संस्थाहरूलाई ३५ दिनको अल्टिमेटम दिएको छ । महानगरले मनोरञ्जन कर बुझाउन पटक पटक लिखित, फोन साथै जानकारी गराए पनि कर बुझाउन बेवास्ता गरेपछि सूचना प्रकाशन गरेर अल्टिमेटम दिएको हो ।

जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले २०८० मंसिर ९ गतेमा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख छ । महानगरले यसअघि २०८० फागुन १६ गते रात्रिकालीन क्बल, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो ।

तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*