राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा स्थगित

१९ बैशाख २०८१, बुधबार १२:३६

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको २८औं वार्षिक साधारण सभा लगातार दोस्रो पटक स्थगित भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै अर्को मिति तय नहुँदासम्मको लागि साधारणसभा स्थगित गरेको हो ।

कम्पनीले प्राविधिक पक्षहरु मिलाउन बाँकि रहेको भन्दै आज (बैशाख १९) गतेको लागि आह्वान गरेको वार्षिक साधारण सभा स्थगित गरेको छ । कम्पनीले सुरुमा वैशाख १४ गतेका लागि सभा आह्वान गरेको थियो ।

विशेष कारणवश भन्दै १४ गतेको साधारणसभा स्थगित गरेर कम्पनीले वैशाख १९ गते साधारणसभा बोलाएको थियो । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार पहिलो साधारणसभा आह्वान गरेको हो ।

सभाले ३ वटा सामान्य प्रस्तावमाथि छलफल गरी पारित गर्ने भएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९।७० को वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसहित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ । सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन छलफल गरी सभाले अनुमोदन गर्ने कार्यतालिका रहेको थियो ।

कम्पनीका अनुसार बीमा प्राधिकरणमा अन्तिम अवस्थामा पुगेको आव २०७०।०७१ देखि आव २०७३।०७४ सम्मका वित्तीय विवरण पनि पारित गरी एकै पटक साधारण सभा गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*