बीमा क्षेत्रमा हरियाली छाउँदा अधिकांश कम्पनीको शेयरमूल्य वृद्धि, कुनको कति ?

१९ बैशाख २०८१, बुधबार १४:२८

काठमाडौं । पछिल्लो समय समग्र पूँजी बजारप्रति लगानीर्ताहरु निराश बनेका छन् । तर, सोही समयमा बीमा क्षेत्रका लगानीकर्ताहरु चाँही मालामाल बनेका छन् ।

मंगलबार नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा कायम भएको थियो । शेयर बजार दोहोरो अंकले बढेसँगै बीमा क्षेत्रका २६ वटा कम्पनीहरुमध्ये २५ वटा कम्पनीका शेयरको मूल्य बढेको छ ।

शेयर बजारमा बीमा क्षेत्रका कम्पनीहरुको महत्वपूर्ण भुमिका रहेको छ । नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स यस क्षेत्रका सर्वाधिक ठुला कम्पनी बन्न पुगेका छन् ।

पूनर्बीमा कम्पनीः
हाल नेपालमा सरकारी स्वामित्वको नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स गरी २ वटा पुनर्बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

मंगलबार नेपाल रि इन्स्योरेन्सको शेयरमूल्य ० दशमलव ४६ प्रतिशत अर्थात ३ दशमलव २० अंकले बृद्धि भई ७०६ रुपैयाँमा कारोबार भएको छ । केही समय अगाडी मात्रै प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य ० दशमलव १७ प्रतिशतले बढेर ५९० रुपैयाँमा कारोबार भएको छ ।

जीवन बीमा कम्पनी
लाइफ इन्स्योरेन्स इन्डेक्स मंगलबारका दिन ० दशमलव ९६ प्रतिशत अर्थात ९६ दशमलव ४२ अंकले बढेर १०,१२३ दशमलव ६० को विन्दुमा कायम भएको छ । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १२ वटा कम्पनीहरु नेप्सेमा सूचीकृत भई कारोबार सञ्चालन गर्दै आएका छन् ।

मंगलबार कारोबार भएका जीवन बीमा कम्पनीहरुमध्ये रिलायबल नेपाल लाइफको शेयरमूल्य सर्वाधिक बढी प्रतिशतले बुद्धि भएको छ । कम्पनीको शेयरमूल्य २ दशमलव ३३ प्रतिशतले बृद्धि भई ४३३ दशमलव ९० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको २ दशमलव २० प्रतिशतले बृद्धि भई ५१० रुपैयाँ, सानिमा रिलायन्स लाइफको २.०३ प्रतिशतले बढेर ४४६.९० रुपैयाँ र हिमालयन लाइफको १.७९ प्रतिशतले बृद्धि भई ३९७ रुपैयाँमा शेयर कारोबार भएको छ ।

साथै, एशियन लाइफको ५५७ रुपैयाँ, आइएमई लाइफको ५७३ रुपैयाँ, सिटिजन लाइफको ४५२ रुपैयाँ, सूर्यज्योति लाइफको ४२० रुपैयाँ, एलआइसी नेपालको १ हजार ३१८ रुपैयाँ, सन नेपाल लाइफको ५९९ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मगलबार नेशनल लाइफ इन्स्योरेन्सको मात्र शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ० दशमलव ७३ प्रतिशत अर्थात ५ अंकले घटेर ५४२ रुपैयाँमा कारोबार भएको छ ।

निर्जीवन बीमा कम्पनीः
नन लाइफ इन्स्योरेन्स इन्डेक्स मंगलबारका दिन २ दशमलव ३९ प्रतिशत अर्थात २४५ दशमलव ३२ अंकले बढेर १०,५०६ दशमलव ६४ को विन्दुमा कायम भएको छ ।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १२ वटा कम्पनीहरु नेप्सेमा सूचीकृत भई कारोबार सञ्चालन गर्दै आएका छन् । जस अन्तर्गत मंगलबार सम्पूर्ण कम्पनीको शेयरमूल्य बढेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी (सलिको) को शेयरमूल्य सर्वाधिक बढी प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य ४ दशमलव ३२ प्रतिशतले बढेर ६५२ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको ४ दशमलव १७ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.४२ प्रतिशत, हिमालयन एभरेष्टको ३.१२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.०२ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको २.८८ प्रतिशत लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*