१० अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’ बनाउँदै महासंघ, देशभरीका व्यवसायीले लगानी गर्न पाउने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अगुवाइ गरेर ‘इन्भेष्टमेन्ट कम्पनी’ सञ्चालन गर्ने भएको छ । महासंघले १० अर्ब पूँजीको इन्भेष्टमेन्ट कम्पनी खोल्ने लागेको हो ।
नेपाल जग्गा तथा आवास विकास संघको साधारणसभामा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अगुवाइमा इन्भेष्टमेन्ट कम्पनी खोल्न लागिएको बताएका हुन् । उनका अनुसार उक्त कम्पनीले ३५ देखि ४० अर्बका परियोजनामा लगानी गर्न सकिने छ । अध्यक्ष ढकालले कुल पूँजीको १० प्रतिशत सर्वसाधारण नागरिकमा प्राथमिक शेयर निष्काशन गर्ने गरि सेयर संरचना तय गरिएको छ ।
उनले धेरै पैसा हुनेले धेरै लगानी गर्छु भनेर नपाउने बताउँदै लगानीका लागि निश्चित सीमा तोकिने र ७७ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने बताए ।