बिहिबार बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२० बैशाख २०८१, बिहीबार १०:३७

काठमाडौँ । बुधबार भारी गिरावट आएको सुनको मूल्य आज भने बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*