दुबईमा हुरी र चट्याङसहित भीषण वर्षा

२० बैशाख २०८१, बिहीबार १२:४३

काठमाडौँ । दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । दुबईसहित अबुधाबीमा भीषण वर्षा भइरहेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाइरहेका छन् ।

बिहानदेखि हुरी हलेको र करिब बिहान ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । ४ बजे अघिनै हुरी र चट्याङसहित वर्षा भएको हो । मध्यराततिरै अबुधाबीको पश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो।

अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र गाडी नचलाउन सरकारले नागरिकलाई सचेत गराएको छ । खाडी देश यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*