प्रतिकूल भिजिबिलिटीका कारण सात दिनदेखि बन्द पोखरा उडान सुचारु

२० बैशाख २०८१, बिहीबार १३:०७

काठमाडौँ । दैनिक हजारौं यात्रुको आवतजावत हुने पर्यटकीय गन्तव्य पोखराको उडान आजदेखि सुचारु भएको छ । विगत एकसातादेखि कम भिजिबिलिटीका कारण उडानहरु निकै प्रभावित भएका थिए। २५ अप्रिलदेखि सुरु भएको अवरुद्ध उडान आज बिहानदेखि सुचारु भएको हो। बुध्द एयरको काठमाडौंदेखि पोखराको उडान दैनिक १७ रहेको छ। साथै, पोखराबाट नेपालगन्ज, भैरहवा तथा भरतपुरको पनि सिधा उडान रहेको छ ।

२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकूल भिजिबिलिटी भएपछि बुध्दले ७ उडान भरेको थियो । अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएको थिएन । २८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरी २९ र ३० अप्रिलका दिन पनि उडान भएनन् । मे १ का दिन दिउँसो १ बजेदेखि मौसममा सुधार भएपछि ५ उडान भएको थियो ।

उडान नहुँदा नेपालका साथै विदेशी यात्रुहरु निकै प्रभावित भएका थिए । भिजिबिलिटीका कारण उडान अवरुद्ध भएकोमा बुध्द एयर क्षमाप्रार्थी छ । रद्द भएका उडानका यात्रुहरुलाई रिसेड्युल तथा रिफन्ड गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*