काठमाडौँ बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर

२० बैशाख २०८१, बिहीबार १४:०१

काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ। विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ। बिहीबार १७८ एक्यूआइसहित काठमाडौं शीर्ष स्थानमा रहेको छ। यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ।

त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ। प्रदूषण मापनमा शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रूपमा लिइन्छ।

काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*