गल्याङ नगरपालिकाका सिनियर अहेव सर्टिफिकेट नक्कली

२० बैशाख २०८१, बिहीबार १६:४४

काठमाडौँ। गल्याङ नगरपालिका, स्याङजाका सिनियर अहेव (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाईएको छ । अख्तियारले आज भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

भट्टराईको एसएलसी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भट्टराईले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकार अन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई तह–तह हुँदै सिनियर अहेव सम्म बढुवासमेत भई ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिँएको अख्तियारको दाबी छ ।

JaZkFN

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*