राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान

२० बैशाख २०८१, बिहीबार १८:३९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय संसद्को हिउँदे तेस्रो अधिवेशन यही वैशाख २ गतेदेखि अन्त्य गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*