रोट्रयाक्ट डिष्ट्रिकको चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न

२३ बैशाख २०८१, आईतवार ०९:२०

काठमाडौं । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपालले चितवनमा डिष्ट्रिक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोट्रयाक्ट डिष्ट्रका डिआरआर रोशन कार्कीको अध्यक्षता तथा रोटरी डिष्ट्रिक २०२४÷२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

रोट्रयाक्ट डिष्ट्रकले आगामी बर्ष २४÷२५ मा गर्ने कामहरूको समीक्षा र बार्षिक कार्ययोजना निमार्ण गर्दै सेमिनार सम्पन्न भएको रोट्रयाक्ट डिष्ट्रिकका डिआरआर इलेक्ट बिक्रम क्षेत्रीले बताए । दुई दिनसम्म चलेको उक्त सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बरहरूको सहभागिता रहेको क्षेत्रीले बताए । सेमिनारले विगतका बर्षहरूमा भन्दा आगामी बर्षमा युवामैत्री कार्यक्रमहरू संचालन गर्नेगरी कार्ययोजना निमार्ण गरेको क्षेत्रीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक २०२४÷२५ का डिष्ट्रिक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रिकले विगत देखि गरेका कामहरूको प्रशंसा गरे । डिष्ट्रिकले अब नयाँ कार्ययोजना बनाउदा विगतका बर्षभन्दा फरक र पृथक खालका कार्यक्रमहरू संचालन गनुपर्ने बताए ।

शेरचनले धेरैजसो युवाहरू रोजगारीको लागि बिदेश जानुपर्ने बाध्यता आएको हुँदा स्वदेशमै रोजगारीको सिर्जना गरी युवा पलायन कम गर्ने खालका विभिन्न सिपमूलक तालिमहरू संचालन गनुपर्ने बताए । उनले सो कार्यका लागि रोटरी डिष्ट्रिकले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्ट्रिकले विगत देखिनै राम्रो र महत्वपूर्ण कार्यक्रमहरू संचालन गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा रोट्रयाक्ट अभियानमा रोटरीको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए । दुई दिनसम्म चलेको सेमिनारमा सौगात गौतम, सुरज पौडेल, नानी काजी खड्का, बिक्रम क्षेत्री, दिनेश गैरे, माधव पराजुली, अनुप पाण्डे, सुविन खड्का लगायतले सहजीकरण गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*