आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

२३ बैशाख २०८१, आईतवार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुन आज भने स्थिर रहेको हो ।

आइतबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*