भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

२३ बैशाख २०८१, आईतवार ११:३३

काठमाडौँ । भारत सरकारले नेपालमा प्याजको निर्यातमाथि लगाएको प्रतिबन्ध हटाएको छ । शनिबारदेखि भारतले प्रतिबन्ध हटाएको हो ।

प्रतिबन्ध हटपनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि अब आयात हुने प्याजको मूल्य अझै महँगिने देखिन्छ ।

नेपालको घरेलु बजारमा खपत हुने करिब ९० प्रतिशत प्याज भारतबाटै आयात हुन्छ । नेपाली बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो औषत ६० रुपैयाँ छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*