होङ्शी शिवम् सिमेन्टले ५४ महिनामा साढे ६६ अर्बको व्यापार, पछिल्लो एक वर्षमा मात्र १४ अर्ब आम्दानी

२३ बैशाख २०८१, आईतवार १३:३२

काठमाडौँ । होङ्शी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडले पछिल्लो ५४ महिनामा ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार पछिल्लो ५४ महिनामा कम्पनीले ६६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ सालमा सबैभन्दा बढी ब्यापार गरेको थियो । सो अवधिमा कम्पनीले १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । सो पश्चात उत्पन्न कोभिडलगायतको आर्थिक मन्दिले कम्पनीको ब्यापार केहि सामान्य घट्न पुगेको हो । विकास निर्माणका कार्य थप्प हुनु तथा निर्माण ब्यवसायीहरुले समयमै वक्यौता रकम नपाउँदा त्यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगमा परेको देखिन्छ ।

अर्थतन्त्रमा उपन्न अनेकौ समस्याकाबीच पनि कम्पनीले सन्तोषजनक ब्यापार गर्ने सफल भएको हो । कम्पनीले सन् २०२२ मा १७ अर्ब ४ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा १३ अर्ब ८१ करोेड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पीले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ८६ करोड २० लाख रुपैयाँको ब्यापार गर्ने सफल भएको हो । ग्राहक तथा उर्जा निमाण क्षेत्रमा कम्पनीको व्यापार फस्टाउँदै गएको छ । कम्पनीले सन् २०२० मा भने १३ अर्ब ३७ करोड १० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपाल जनाएको छ ।

पूर्वी नवलपरासीमा स्थापना भएका सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन २०७५ जेठदेखि थालेको गरेको हो । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*