नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

२३ बैशाख २०८१, आईतवार १५:५७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताए । गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ सय शय्या निःशुल्क उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले पाठेघरको क्यान्सर र स्तन क्यान्सरविरुद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए ।

संविधानको व्यवस्थाअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थाहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले आमनेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राज्यको प्रमुख दायित्व पूरा गर्न प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताए ।

आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको दाबी गर्दै प्रचण्डले सबै शय्या तथा अपरेशन थिएटर सञ्चालनमा ल्याउने, वीर अस्पतालको सेवालाई ुदुई शिफ्टु मा सञ्चालन गर्नेलगायतका कामलाई प्राथमिकता दिएको उल्लेख गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*