बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२४ बैशाख २०८१, सोमबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*