बाराही हाइड्रोपावरको अवस्था नाजुक, कस्ता छन् अन्य सूचक

२४ बैशाख २०८१, सोमबार ११:३९

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको वित्तीय अवस्था नाजुक अवस्थामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो तैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकहरु नकारात्मक रहेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९० लाख ४२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी ९६ लाख ४९ हजार रुपैयाँ घाटामा थियो । प्रशासनिक खर्च घट्दा यस कम्पनीको नोक्सानी कम भएको हो ।

९ महिनासम्म आइपुग्दा यसको उक्त खर्च ५४ लाख ५३ हजारबाट घटेर १७ लाख ८० हजार रुपैयाँ कायम भएको छ । यता, कम्पनीको वित्तीय खर्च १ करोड ७९ लाखबाट बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ । यसले चैतसम्म २ करोड ३१ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २ करोड ३२ लाखको विद्युत बिक्री गरेको थियो ।

चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोष ११ करोड ५४ लाख रुपैयाँ ऋणात्मक छ । यो कम्पनीको प्रतिसेयर आम्दानी ३।६२ रुपैयाँ ऋणात्मक छ । यता, प्रतिसेयर नेटवर्थ भने ५३।८१ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*