अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता, पाँच सिमेन्ट उद्योगदेखि इन्टरनेटसम्म

२४ बैशाख २०८१, सोमबार ११:४६

काठमाडौँ । अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीहरुलाई ठूला करदाता कार्यालयले १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । करदाता कार्यालयले पाँच सिमेन्ट उद्योगसहित २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता गरेको हो ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेड, शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालि, बिशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि, अरनिको आबुखैरेनी सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि र कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालिले कर बुझाएका छैनन् ।

कार्यालयले कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइएको, कतिपय करदातालाई फोन सम्पर्क गर्दा हुन नसकेको, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्ता नलगी पत्र बुझाउन नसकी फिर्ता आएको र हालसम्म पनि बक्यौता रकम दाखिला नभएको वा कमै दाखिला भएको उल्लेख गरेको छ ।

सूचना प्रकाशित भएको मिति (बैशाख २४ गते) ले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्नहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेस गर्न भनिएको छ । तोकिएको अवधिभित्र बक्यौता खादिला वा दाखिला गरिसकेको प्रमाण पेस हुन आएमा आयकर ऐन–२०५८ को दफा १०४ देखि १११ सम्म एवम मुल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ (१) दतथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै कारबाही गरी बक्यौता असुल उपर गरिने करदाता कार्यालयले जारी गरेको सूचनामा भनेको छ ।

साथै, गण्डकी विकास बैक लिमिटेड, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कृषि सामाग्री कम्पनी लिमिटेड, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, सिई कन्ट्रक्सन, माउण्ट एभरेष्ट ब्रुअरी प्रालि, श्री जयन्ती निर्माण सेवा, पेन इडिया इन्फ्रा प्रोजेक्ट्स, हिमाल आइरन एण्ड स्टिल प्रालिले कर नबुझानएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ ।

साथै, कर नबुझाउनेमा सुबिसु केबल नेट लिमिटेड, महालक्ष्मी वायर एण्ड बेकल इन्डस्ट्रिज प्रालि, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रालि, शिवशिखर एग्रो प्रालि, सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि, टाइगर्स ब्रुअरी इण्ड्रस्ट्रिज प्रालि, बतास ब्रदर्श प्रालि, इष्टर्न एजेन्सीज प्रालि, ग्रीन हिल सिटी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि समेत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*