राष्ट्रिय विपद व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानको लागि जेठ २३ गते वृहत कार्यक्रम आयोजना हुँदै

२४ बैशाख २०८१, सोमबार १६:४१

काठमाडौँ । राष्ट्रिय व्यवसायिक पहलले जेठ २३ गते बुधबार काठमाडौको हायात रिजेन्सीमा विपद् जोखीम न्यूनिकरण तथा व्यवस्थापन साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि एक वृहत कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले सोमबार एक पत्रकार सम्मलेन गर्दै यस्तो जानकारी दिएको हो ।

व्यवसायीक क्षेत्रलाई विपदको पूर्व तयारी, दीगो रुपमा व्यवसाय सञ्चालन तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गर्न लागेको हो । समुदायलाई उत्थानशिल बनाउनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताइएको छ । यस कार्यक्रमले निजी क्षेत्रको पहल र प्रयासलाई सम्मान गरी निजी क्षेत्रको हौसला अभिवृद्धि गर्ने र यस क्षेत्रमा जागरुक र थप क्रियाशिल बनाउन टेवा पुग्नेछ भन्ने पहलले विश्वास लिएको छ । सहभागीहरुलाई विपद व्यवस्थापनमा थप सजग बनाई मुलुक भित्र र विभिन्न मुलुकमा यस सम्बन्धी गरिदै आपका सफल प्रयास, चुनौती र सिकाई आदान प्रदान गर्नका लागि उक्त कार्यक्रम साझा मञ्चको रुपमा स्थापित हुने राष्ट्रिय व्यवसायिक पहलले विश्वास लिएको छ ।

कार्यक्रम दुई सत्रमा सञ्चालन हुनेछ । पहिलो सत्रका दुईवटा प्यानल छलफलमा उत्थानशिल अर्थतन्त्र निर्माणमा विपद् व्यवस्थापनको महत्व र विपद व्यवस्थापन तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको बढ्दो भूमिकाका बारेमा अन्तरक्रिया गरिनेछ । कार्यक्रममा उद्योग मन्त्रालय एवं सम्बन्धित निकायको सहभागिता रहने छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागी तथा विज्ञबाट आफ्ना सुझाव तथा सफलताको अनुभवको आदानप्रदान गरिनेछ ।

दोस्रो सत्रमा सम्मान कार्यक्रम रहने छ । कार्यक्रममा विपद् जोखिम न्यूनिकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा उल्लेखनिय योगदान पुर्याएका करीब व्यवसायलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मानका लागि राष्ट्रिय व्यवसायिक पहलमा विज्ञ सम्मिलित गठन भएको निर्णायक समितिले उक्त व्यवसायहरु छनौट गर्नेछ । सम्पूर्ण देशभरिका उद्योग व्यवसायलाई सहभागीताका लागि राष्ट्रिय व्यवसायिक पहलले पहल गरिरहेको र यसका लागि अविलम्व मनोनयन फारम उपलब्ध गराइनेछ ।

कार्यक्रममा विपद पूर्वतयारी तथा व्यवस्थापन उत्पानशिलता तथा ब्यवसाय निरन्तरता ब्यवस्थापनमा इच्छुक र कार्यरत सरकारी निकायका प्रतिनिधिहरु, निजी क्षेत्रका संघ संस्था एवं उद्यमी ब्यवसायी, गैर–सरकारी निकाय तथा सञ्चार क्षेत्रका करिब ३०० जनाको सहभागिता रहनेछ ।

नेपाल जस्तो विकट क्षेत्र भएकोले व्यवसायिक क्षेत्र सिर्जना हुने विपद्लाई व्यवसायिक रणनिति र अंगको रूपमा पहण गर्न सकेमात्र दीगो व्यवसाय सम्भव हुने र यसबाट समाज र मुलुकले लाभ लिन सके हुँदा यस कार्यक्रमबाट हुने छलफल तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुरो विश्वास पहलले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*