सिआईबीद्धारा अडियो काण्डको छानविन सुरु, अडियोभित्र नाम मुछिएकामाथि पनि हुनेछ अनुसन्धान

२४ बैशाख २०८१, सोमबार १७:४८

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सिधाकुरा डटक नामक अनलाईनले प्रकाशित गरेर हटाएको अडियो काण्डको छानविन सुरु गरेको छ । आज सर्वोच्च अदालतमा सिधाकुरालाई अडियो दिने समाचार स्रोतको बयान सकिएपछि सो अडियोमाथि सिआईबीले छानविन थालेको हो । सिआईबीले सो अडियोभित्र नाम उल्लेख भएका व्यक्तिहरुमाथि पनि छानविन हुनेछ ।

सिआईबीका प्रबक्ता होबिन्द्र बोगटीले सुरुमा अडियोका आधिकारिता छानविन गरिने र लगत्तै अडियोमा नाम मुछिएका व्यक्तिहरुमाथि पनि छानविन हुने बताए । यससँगै नेपालको सबैभन्दा ठूलो सञ्चार माध्यम कान्तिपुरका मालिक कैलास सिरोहिया, न्यायाधिश आनन्दमोहन भट्टराईमाथि पनि छानविन हुने भएको छ ।

यसअघि सर्वोच्च अदालतले उक्त अडियोमाथि छानविन गरी फौजदारी अभियोगमा कारवाही गर्नुपर्ने भएमा दोषीमाथि कारवाही गर्नु भन्ने आदेश दिएको थियो । सोही आदेशको जगमा सिआईबीले छानविन अघि बढाएको जनाएको छ ।

सो अडियो प्रमाणित भएमा सो अडियामा नाम मुछिएका पात्रहरुमाथि यसअघि भुटानीशरणार्थीमाथि कारवाही भए झै पक्राउ गरेरै कारवाही हुनसक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*