‘फ्रोम माउन्टेन्सबाट डेल्टा’ बिषयमा एक दिवसीय कला शिविर सम्पन्न

२४ बैशाख २०८१, सोमबार १८:३५

काठमाडौं । काठमाडौंस्थित बंगलादेशी राजदूतावासमा ‘फ्रोम माउन्टेन्सबाट डेल्टा’ बिषयमा एक दिवसीय कला शिविर आज सम्पन्न भएको छ।दूतावासले आर्ट बंगला फाउन्डेसन ढाका र सिद्धार्थ आर्ट ग्यालरीको सहकार्यमा आयोजना गरेको साताव्यापी कला महोत्सव आयोजना गरेको कार्यक्रम हो ।

कला शिविर नेपाल र बंगलादेशका चर्चित कलाकारहरुको सहभागिता रहेको छ ।बंगलादेशका कलाकारहरु प्रोफेसर इमेरिटस रफिकुन नबी, कलाकार मोनिरुल इस्लाम, प्रोफेसर मोहम्मद युनुस, कलाकार मुनिरुज्जमान मुनिर, कलाकार कनक चान्पा चक्मा र प्रा डा इकबाल अलीको सहभागीता रहेको थियो ।

नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै कलाकार किरण मानन्धर, कलाकार शशी शाह, कलाकार विजय थापा र कलाकार कृष्ण मानन्धरको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपाल र बंगलादेशबीच सामाजिक, सांस्कृतिक र सभ्यताको सम्बन्धमा गाँसिएको अनुपम सम्बन्ध रहेको जानकारी दिएका छन् ।

उनले हिमालदेखि समुन्द्रमा बग्ने खोला जस्तै प्राकृतिक सम्बन्ध रहेको बताए ।

उनले हाम्रा सामाजिक–सांस्कृतिक पहिचानको संरक्षण र हाम्रा मूल्य–मान्यता र परम्परालाई सम्मान गर्न दुवै देशको साझा दृष्टिकोण रहेको बताउँदै पर्वको विषय परिदृश्यको विविधता र सांस्कृतिक मूल्य–मान्यताको संगममा जाने कुरामा जोड दिएका छन् ।

उनले कला शिविर समकालीन बंगलादेशी र नेपाली कलाकारहरूको कलाकृतिहरू सिर्जना गर्न र दुई देशको संस्कृतिको समृद्धि झल्काउने उनीहरूको अद्वितीय शैली, दृष्टिकोण र माध्यमहरू प्रदर्शन गर्न उत्कृष्ट मञ्च हुने विश्वास व्यक्त गरे।

दुई देशका यस्ता प्रतिष्ठित कलाकारहरुको जमघटले मित्रताको बन्धनलाई थप मजबुत बनाउने बिषय उजागर गरेका थिए ।

कला शिविरको उद्घाटनमा प्रख्यात कलाकार मोहम्मद रफिकुन नाबी, किरण मानन्धर, मोहम्मद युनुस र कला शिविरको संयोजक सुष्मा राजभण्डारीले पनि मन्तव्य राखेका थिए ।

नेपाली र बंगाली नयाँ वर्षको स्वागतमा दूतावासले आयोजना गरेको सांगीतिक कार्यक्रमसँगै कला शिविर सम्पन्न भएको थियो ।
साँस्कृतिक कार्यक्रममा बंगलादेश र नेपालका गायक तथा संगीतकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । नयाँ वर्षको उत्सव र कला शिविरमा काठमाडौंस्थित बंगलादेशी समुदायका वरिष्ठ कलाकार, कलाप्रेमी, कला समीक्षक र सदस्यहरूको सहभागिता थियो।
दशजना प्रख्यात कलाकारका कलाकृति मे को ०७–१० सम्म सिद्धार्थ आर्ट ग्यालरी, बाबर महल रिभिजिटेड, काठमाडौंमा प्रदर्शन हुने आयोजकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*