३६ महिनामा विजय डिष्टिलरीको मदिरा व्यापार करिब ७ अर्ब, एक वर्षमा मात्र कमायो २ अर्ब १२ करोड

२५ बैशाख २०८१, मंगलवार ११:१८

काठमाडौँ । व्यावसायिक प्रतिष्ठान जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले सञ्चालन गरिरहेको विजय डिष्टिलरीको मदिरा व्यापार बढेको छ । कम्पनीले आफ्नो ब्यापारमा निरन्तर फड्को मार्दै आइरहेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा २.११ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा भने २ अर्ब ६७ करोड ८० लाख रुपैयाँ गरेको छ । यी तीन वर्षमा कम्पनीले ६ अर्ब ८९ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२० मा १ अर्ब ५४ करोड४० लाख रुपैयाँ र सन् २०१९ मा ८२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । घरेलु खैरो र सेतोमा कम्पनीको अग्रणी उत्पादनहरू क्रमशः गोल्डेन ओक व्हिस्की र ब्लू डायमन्ड जिन राम्रो ब्राण्ड बनेको छ । यी दुई उत्पादनहरूले २०२३ मा कुल व्यापारको ६८ र २०२२ मा ८८ प्रतिशत हिस्सा रहेको कम्पनीले जनाएको छ ।

लुम्बिनी प्रान्तको परासीमा ब्लेन्डिङ र बोटलिङ प्लान्ट रहेको छ । मुलुकभर २ सय ४० वितरण च्यानल रहेका छन् । सन् २०१६ मा जावलाखेल ग्रुपले मदिरा व्यापारका लागि जेजिआई स्थापना गरेको थियो । जेजिआईले जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिस्टिलरीले उत्पादन गरेका विभिन्न ब्रान्डको मदिराका साथै राज ब्रुअरीको बियर बिक्री वितरण गर्दै आएको छ ।

सन् १९७३ मा विजयबहादुरले जावलाखेल डिस्टिलरी स्थापना गरेर मदिरा व्यवसायमा प्रवेश गरेका थिए । उनले पहिलोपटक सेतो मदिरा रुस्लान भोड्का उत्पादन सुरु गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*