सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङको होटल भियनामा सीआईबीको छापा, तीनजना प्रहरीको नियन्त्रणमा

२५ बैशाख २०८१, मंगलवार ११:३१

काठमाडौं ।  सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले छापा मारेको छ ।हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ ।

हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन ।यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मार्दै आएका थिए । सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा/काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् । रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो । फरार रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भएको छ ।

चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छापा मारेको बुझिएको छ । प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरे पनि होटलको नाम खुलाएनन् ।

‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो । हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी बोगटीले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*