कर्णाली प्रदेश लोक सेवाले माग्यो नवौँ तहका विभिन्न पदमा ३९ कर्मचारी

२५ बैशाख २०८१, मंगलवार ११:५२

काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका नवौँ तहका विभिन्न पदहरूमा ३९ जना कर्मचारी माग गरेको छ ।

आयोगले खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राविधिक तथा अप्राविधिक तर्फका विभिन्न पदहरूमा योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजात सहित जेठ १४ गतेसम्म र दोब्बर दस्तुर तिरी जेठ २१ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । आवेदन आयोगको अनलाइन दरखास्त प्रणालीबाट दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*