डिशहोमले आउँदो टी–ट्वान्टी र यूरो २०२४ लक्षित देशका १५ वटा शहरमा रोड–शो गर्ने

२५ बैशाख २०८१, मंगलवार १२:४१

काठमाडौं । डिशहोमले आउदो टी–ट्वान्टी र यूरो २०२४ लाई लक्षित गरेर देशको विभिन्न १५ वटा शहरहरूमा रोड–शो गर्ने भएको छ । यही वैशाख २५ गतेबाट सुरु भईरहेको रेडियो अन–व्हील्स रोड–शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा तथा सुविधाहररूको प्रचारप्रसार गर्ने भएको हो ।

यस कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक प्रस्तुतिहरू हुने डिशहोमले जनाएको छ । महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्कीले बेजोड प्रस्तुति दिने डिशहोमले बताएको छ ।

यस अलवा कार्यक्रममा अन्य थप रोमान्चक गतिविधीहरू पनि हुने र त्यसमा सहभागीहरूले विभिन्न खेलहरूमा सहभागी भई पुरस्कारहरू पनि जित्न सक्ने डिसहोमले जनाएको छ । यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन व्हिल वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगंज, ११ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना भई समापन हुनेछ ।

कार्यक्रमले देशैभरका हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ । डिशहोमले आउदो टी–ट्वान्टी र यूरो २०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरूमा रोड–शो गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*