आज मातृ औँसी अर्थात आमाको मुख हेर्ने दिन

२६ बैशाख २०८१, बुधबार १०:२१

काठमाडौं । हरेक वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन मनाइन्छ। आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदैछ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ। वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउँछन्।

छोराछोरीले शनिबार बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा(तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*