कोका–कोला कम्पनीको आम्दानीमा फड्को, बोटलर्स नेपालले ४२ महिनामा ३६ अर्बको व्यापार

२६ बैशाख २०८१, बुधबार १३:१८

काठमाडौँ । नेपालमा कोका–कोला उत्पादक कम्पनी बोटलर्स नेपालको आम्दानीमा सुधार आएको छ । कोका–कोला बिक्री वितरण गर्दै आइरहेको बोटलर्स नेपालले ३८ अर्ब रुपैयाँको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार कम्पनीले ४२ महिनामा ३६ अर्ब ५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ०।९३ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ ।

कम्पनीले सन् २०२१ मा भने ८ अर्ब २९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । यता, चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको व्यापार गरेको छ ।

बोटलर्स नेपाल लिमिटेड सन् १९७९ मा स्थापना भएको हो कोका–कोला वा कोक विश्वकै प्रख्यात पेय पदार्थ। यो पेय पदार्थ चिसो रूपमा सेवन गरिन्छ । नेपालमा कोका–कोलाका उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबभन्दा ठुलो कारखाना भरतपुरको गोन्द्राङमा सञ्चालित छ । यो कारखानाबाट उत्पादित कोका–कोला देशभर पाइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*