विद्युत नियमन आयोगको अध्यक्ष र तीन जना सदस्यका लागि दरखास्त आव्हान

२६ बैशाख २०८१, बुधबार १३:२९

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष र तीन जना सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ । विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले दरखास्त आव्हान गरेको हो ।

आयोगको अध्यक्ष र कम्तिमा १ महिला सहित ३ जना सदस्य गरि कुल ४ जनाको लागि दरखास्त आह्वान गरेको हो। ५ वर्ष कार्यकाल सो पदका लागि जेठ ९ गते भित्र आवेदन दिन सकिनेछ ।

अध्यक्ष पदको लागि विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ (१) (क) बमोजिमको योग्यता हासिल गरेको र दफा ६ बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ। त्यस्तै सदस्य पदको लागि विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५(१) (ख) बमोजिमको योग्यता हासिल गरेको र दफा ६ बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ।

समितिका अनुसार आवेदन पेश गरेका उम्मेदवारहरु मध्ये आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्यअनुभव पूरा गरेका उम्मेदवारहरुको दरखास्त स्वीकृत गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*