बीमा अभिकर्ताले एकाघरको बीमा गर्न नपाउने व्यवस्था संसोधन गर्ने प्राधिकरणको आश्वासन

२६ बैशाख २०८१, बुधबार १७:३६

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणको निर्णय एकाघर परिवारको बीमा गर्न नपाउने बिषयमा अभिकर्ताहरु रुष्ट बनेका छन्। बीमा प्राधिकरणले एकाघरमा बीमा प्रतिबन्ध गर्ने निर्देशन दिएसँगै अभिकर्ताहरु खुलेरै यस बिषयमा लागेका छन्

प्राधिकरणले फागुण २४ गते बीमा प्राधिकरणले संस्थागत बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० मा एकाघर परिवारको बीमा अभिकर्ताले गराउन नपाउने व्यवस्था गरेको थियो । उक्त निर्णय प्रति प्राधिकरणले असन्तृष्टि जनाएका हुन् ।
बीमा अभिकर्तालाई एकाघरमा बीमा गराउन प्रतिबन्ध गराउने निर्णयले रुष्ट बनेको बेला बीमा प्राधिकरणले पुन यस बिषयलाई संसोधन गर्ने आश्वासन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा अभिकर्ताहरुले एकाघर परिवारको बीमाामा प्रतिबन्ध लगाए बीमा व्यवसायमा प्रभाव पर्ने बिषय सुझाएको हुँदा संसोधन हुने आश्वासन दिएका छन् । हामीले उहाँहरुलाई अभिकर्ताले एकाघर परिवारमा बीमा नगर्दा कस्ता प्रभाव पर्न सक्ने पक्षहरु मागेका छौं । उहाँहरुको उक्त जवाफपछि प्राधिकरणले उचित रहे संसोधन गर्ने बिषयमा सकारात्मक रहेको धारणा व्यक्त गरेका हौं ।

अभिकर्ताहरुलाई उक्त बिषयले असर गर्ने भए उक्त बिषय संसोधन गर्न तयार रहेको अध्यक्ष सिलवालले बताए । अभिकर्ताले एकाघरको बीमा गर्न नपाउने व्यवस्था हचुवाको भरमा नभएर अध्ययन अनुसन्धानको आधारमा बीमा प्राधिकरणको दाबी छ। एकाघरका बीमामा नै सबैभन्दा धेरै समस्या देखिएकाले यो व्यवस्था लागू गरिएको अध्यक्ष सिलवालको भनाई छ ।

अभिकर्ताहरुले एकाघर अर्थात् आफ्नो परिवार र आफन्तको बीमा गर्ने क्रममा बीमा गर्दा चाहिने आवश्यक कागजात र प्रक्रियामा धेरै त्रुटि गरेको भेटिएकोले कारण प्राधिकरण यो निर्णयमा पुग्नुपरेको बिषयमा समेत उनले अभिकर्तालाई दर्शाएका छन् ।
संस्थागत सुशासन कायम गर्ने उदेश्यले नै यो व्यवस्था लागू भइसकेकाले प्राधिकरण यो निर्णय उहाँहरुको जवाफपछि केही हेरफेर हुन सक्ने अध्यक्ष सिलवालको आश्वासन रहेको छ।

पेशागत अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले बीमा प्राधिकरणसँगको छलफलमा मौखिक रुपमा अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा अभिकर्ताको एकाघर परिवारको बीमा प्रतिवन्ध गर्ने बिषय बोर्ड सम्क्ष लगेर संसोधन गर्न आफूहरु तयार रहेको निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

पेशागत अभिकर्ता संघले सुस्त गतिमा चलेको बीमा बजारमा प्राधिकरणको एकाघर परिवारमा बीमा अभिकर्ता बीमा गर्न नपाउने व्यवस्था सम्बन्धी निर्णयले थप प्रभाव पार्न सक्ने हुँदा हाललाई यो निर्देशिकाले बजारमा सकारात्मक सन्देश नजाने बिषयमा प्राधिकरणलाई ध्यानार्षण गराएका थिए।उनले भने, विकासको क्रमसागै विकृतिहरु देखिन्छ, त्यसलाई कसरी लैजाने भन्ने बिषयतर्फत सोच्न हामीले प्राधिकरणलाई सुझाव दियौ । हाललाई उहाँहरुले यो निर्देशन संसोधन गर्ने आश्वासन दिनुभएको छ।

बीमा अभिकर्ताको बजार प्रभाव नपार्ने हितमा प्राधिकरणसँग छलफल भएको उनले बताएका छन् ।बीमा अभिकर्ताहरुको विरोध र पेशागत बीमा अभिकर्तासँगको एकाघर परिवारमा बीमा गराउन नपाउने बिषयको लामो संवाद पछि बीमा प्राधिकरणले आफनो निर्णय संसोधन गर्ने निर्णयमा पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।परिवारको बीमा अभिकर्ताहरुले दुरुप्रयोग गरेको भन्दै बीमा प्राधिकरणले यो बिषयमा कडाई गरेको थियो । प्राधिकरणले बीमकको संस्थागत निर्देशिका परिमार्जन गर्दै एकाघर परिवारमा बीमा गर्न नपाईने व्यवस्था गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*