तारागाउँ रिजेन्सी होटल्सको मुनाफा ३९ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

२७ बैशाख २०८१, बिहीबार ०८:१०

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा होटलको सञ्चालन आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा होटलले सञ्चालनमार्फत १ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११।४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलको यस्तो आम्दानी ९० करोड ६१ लाख रुपैयाँ थियो।आम्दानी बढेसँगै होटलको खुद नाफा पनि बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा तारागाँउ रिजेन्सीहोटलले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९।५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा होटलको अन्य आम्दानी १९।१२ प्रतिशत बढेको छ भने कुल आम्दानी १२।२५ प्रतिशत बढेको छ।

नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ५ रुपैयाँ ७७ पैसा बढेर २२ रुपैयाँ ६५ पैसा पुगेको छ। सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५।०३ गुणा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*