नेशनल लाइफको अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, ३३ जना सम्मानित

३० बैशाख २०८१, आईतवार १३:००

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।कम्पनीको सिन्धुली शाखा कार्यालयले करिव १३० जना अभिकर्ताको सहभागितामा बैशाख २९ गते शनीबारका दिन उक्त कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले अभिकर्ताहरु कम्पनीका मेरुदण्ड रहेको बताए । साथै, उनले विभिन्न शाखा कार्यालयमा रहेका अभिकर्ताहरुले एकैदिनमा १ सयभन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल भएका भन्दै अभिकर्ताहरुलाई हौसला प्रदान गरेका हुन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्न सफल ३३ जना अभिकर्ताहरुलाई प्रमाण–पत्र र दोसल्लासहित सम्मान प्रदान गरिएको सिन्धुली शाखाका सिनियर बिजनेश म्यानेजर रेशम माझिले जानकारी दिए ।

कम्पनीले प्रस्तुत गरेको अभिकर्ता पारिश्रमिक योजना २०७९।०८० मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरुलाई उक्त कार्यक्रमले सम्मान प्रदान गरेको हो । नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न समयमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि लगायतका योजना सञ्चालन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*