प्रतितोला १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

१० जेष्ठ २०८१, बिहीबार ११:०९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ सय रुपैयाँ कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*